गृहपृष्ठ Featured सफलताको बाटोमा कपिलवस्तु जेसिज २०२० , अरु वर्षमा भन्दा फरक तरिकाले अगाडी बढ्छौँ अध्यक्ष खत्री

सफलताको बाटोमा कपिलवस्तु जेसिज २०२० , अरु वर्षमा भन्दा फरक तरिकाले अगाडी बढ्छौँ अध्यक्ष खत्री

प्रकाशित मिति:

कपिलवस्तु जेसिज २०२० को प्रथम बोर्ड बैठक हिजो वाणगंगा १ बैरीया स्थित जेसिसको सचिवालयमा बसेको छ । हिजो बसेको बैठकले भावि रणनिती तथा कार्यक्रममाथि व्यापक छलफल गरेको छ ।

जेसिजको आस्थाको पाठ जेसिज कार्यकारणी उपाध्यक्ष कमल क्षेत्री बाचन गरे लगतै अध्यक्ष मनोज खत्रीले बैठकको सुरुवात भएको घोषण गर्नुभएको थियो । 

बैठकले २०१९ का कार्यक्रम निरन्तरता दिदै २०२० को कार्य तालिका सार्वजनिक गरेको छ । यस वर्ष जेसिजले क्यालेन्डर प्रकाशन , पुर्व अध्यक्षहरुलाई सम्मान लगायतका दर्जनौँ कार्यक्रमहरु अनुमोदन गरिएको जेसिस अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभयो । कपिलवस्तु जेसिज २०२० का महासचिव प्रविन पौडेलद्धारा २०२० का कार्यक्रमले पुन एक पटक जिल्ला हुदैँ राष्ट्रभर कपिलवस्तु जेसिस २०२० ले चर्चा कमाउने कुरामा आफु ढुक्क रहेको कुरा बताउनुभएको थियो ।

यस्तै बैठकमा कानुनी सल्लाहाकार चन्द्रकान्त पोख्रेलले जेसिज पुर्ण रुपमा समाज परिर्वतनका लागि लडेको संस्था हो यसमा कानुन सबैलाई बराबर हुन्छ यदि नियमको पालना नगरे सबैलाई कानुनी दायरामा ल्याउने कुरा व्यक्त गर्नुृभएको थियो ।

बैठकमा अध्यक्ष खत्री २००० सालमा कपिलवस्तुमा स्थापित जेसिज २०१९ सम्म आउदाको गति भन्दा अझै तिव्र गतिमा अगाडि बढ्ने कुरा व्यक्त गदैँ सबैलाई साथ र सहयोगको कुरा गदैँ २००० देखि २०१९ सम्मका कार्य समितिहरुलाई बधाईँ दिदैँ अध्यक्ष खत्रीले बैठक समापन गर्नुभएको थियो ।

सम्बन्धित् समाचार