कोरोनाको आशंकामा रुपन्देहीमा एक युवालाइ लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकाे छ । उनलाइ आइसोलेशनमा राखिएको हाे । कोरियन टुरिष्ट गाइड समेत रहेका २२ बर्षे तरामु थर रहेका एक युवाको ल्याव परिक्षण थालिएको हो ।
आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले पुष्टि गरे । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले डा थापालाइ लुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्शन तोकेको थियो ।
ती युवामा कोरोना भाईरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएको र कडा किसिमको निमोनिया देखिएको उनले बताए ।कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् तर पूर्ण परीक्षण गर्न बाकी छ, भोलि शुक्रबार हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउछौं । उनले भने ।,