गृहपृष्ठ Featured दिल्ली दंगाको वृत्तचित्र बनाइरहेका नेपाली युवाको शव गंगा किनारमा भेटियो

दिल्ली दंगाको वृत्तचित्र बनाइरहेका नेपाली युवाको शव गंगा किनारमा भेटियो

प्रकाशित मिति:

भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेल गंगा नदी किनारमा मृत भेटिएका छन् ।

उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको हो । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीसँगै मिलन दिल्लीबाट ऋषिकेश पुगेका र पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नदीबाट मिलनका अरु दुईजना साथीलाई भने एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ।

वृत्तचित्र तथा छोटा चलचित्रमा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको वृत्तचित्र बनाउने काम गरिरहेका थिए ।

सम्बन्धित् समाचार