गृहपृष्ठ खबर करेन्ट लागेर विद्यालयमा बालकको मृत्यु

करेन्ट लागेर विद्यालयमा बालकको मृत्यु

प्रकाशित मिति:

फाल्गुन ३०, २०७६
नेपालगञ्ज– नेपालगञ्जको ब्रिटिस इंग्लिस बोर्डिङ स्कूलमा एकजना विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ।

बिहान पौने १२ बजे स्कूलमा जेनेरेटर राखिएको फलामको खामामा छुन पुगेका ९ कक्षामा पढ्ने भरत कँडेलको करेन्ट लागेर मृत्यु भएको हो।

पानी परिरहेको बेलामा एक्कासी लड्दा भरतले फलामको खामा समात्न पुगेका थिए।

करेन्ट लागेर गम्भीर घाइते हुने बित्तिकै भरतलाई नेपालगञ्ज नर्सिङ होम लगिएको थियो। त्यहाँबाट भेरी अस्पतालमा रिफर गरेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको हाे।

भरतका घरपरिवारले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा जाहेरी दिएका छन्।

सम्बन्धित् समाचार