कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ११ को देउवापार टोलमा वालबिवाह भएको छ । देउवापार टोल विकास संस्थाका अध्यक्ष ईन्द्र प्रसाद चौधरीको संरक्षणमा वालबिवाह भएको खुल्न आएको हो । वालबिवाह मुक्त वडा घोषित भएता पनि वडाले गठन गरेको टोल विकास संस्थाका अध्यक्ष ईन्द्र प्रसाद चौधरीलेनैे वालबिवाह गराएका हुन् । गत फागुन महिनामा देउवापार टोलमा बस्ने रोम प्रसादको छोरा प्रदिप थारु र रुपन्देहीको शुद्धोधन गाउँपालिका २ बनगाई घर भई फर्साटिकर माविमा कक्षा ११ मा अध्ययन गर्ने १५ बर्षीया किरण थारुसंग बिवाह भएको हो ।

केहिदिन पहिला चौधरीले घर बाट बालिका लाई भगाएर घरमा ल्याएका थिए । भगाएको थाह पाएपछि वालिका लाई मईति पक्षले र्पकाएर लगेका थिए त्यस्को केहि दिनमा प्रदिप चौधरीले पुनः स्कुल गएको समयमा परिवारलाई थाहा नदिई भगाएर घरमा ल्याएको उनकी आमा बिन्दु थारुले बताईन् । उनले कक्षा ११ मा अध्ययन गर्ने १५ बर्षकी आफ्नी छोरीलाई परिवारको सहमति विनानै भगाएर लगेको बताईन् । उनले आफ्नो श्रीमानको मृत्यु भईसकेको र छोरीको उमेर नपुग्दै विहे नगर्न भन्दा पनि सहमति विनानै विहे गरेर लगेको भन्दै वैखरी अनलाईनसंग गुनासो गरिन् ।
चौधरीले भगाएको केहि दिनमा संस्थाका अध्यक्ष ईन्द्र प्रसाद चौधरीको आफ्नै घरमा प्रदिपले भित्रायको छिमेकीले बताएका छन् । फोन मार्फत संस्थाका अध्यक्ष ईन्द्र प्रसाद चौधरीलाई बुझ्न खोज्दा विस्तृत जानाकारि दिन मानेनन् । उनले घटना लुकाउन खोज्दै आफुले गल्ती नगरेको बताए ।







