कास्की जिल्लासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। कास्कीको लुम्ले केन्द्रबिन्दु ५.० रेक्टर स्केलको भूकम्प गएको हो। शनिबार साँझ ८:४५ बजे लुम्ले केन्द्र बनाए ५ रेक्टर स्केलको स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी दिएको छ।

यसको धक्का पर्वत, बागलुङसहित चितवनमा पनि महसुस गरिएको बताइएको छ। भूकम्पको धक्का महसुस भएपछि केही मानिसहरू घरबाहिर निस्किएका थिए। २०७२ मा गएको विनासकारी भूकम्पपछि नेपालमा बेलाबेलामा पराकम्पका धक्का महसुस हेन गरेका छन्।








