गृहपृष्ठ Featured कोरोना संक्रमितलाई लक्षित गरी कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेन बेड निर्माण

कोरोना संक्रमितलाई लक्षित गरी कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेन बेड निर्माण

प्रकाशित मिति:

कोराना भाईरस संक्रमितहरुको संख्या विश्व समुदायमा नै बढ्दो छ । सोही कुरालाई मध्यनजर गर्दै विभिन्न जिल्लाले सर्तकता अपानाई रहेका बेला यता कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेसन बेड निर्माण गरिएको छ । सरकारको निर्देशन अनुसार नै कोरोना संक्रमितलाई लक्षित गरी बेड निर्माण गरिएको बताईएको छ ।

कोरना भाईस लक्षित बेड निर्माण गरिएरको राखिएको अस्पतालका सुप्रीेन्डेन्ड किशोर बन्जाडेले जानकारी दिनुभयो । ‘ हामीले कोरोना भाईरस संक्रमितहरुको उपचारकालागि अस्पतालमा ३ वटा छुट्टै बेड राखेका छौ ’ उनले भनेउता कोरना भाईरस कोपिट ज्ञढ बिश्वब्यापीरुपमा फैलिएर त्रसति बनाए पछि भारतले नेपालका चार वटा नाका मात्र संचालन गर्न दिने भन्ने समाचार बारिह आए पनि कपिलस्तुमा भने जिल्लाका १० वटै नाकाबाट आवजातजात जारी छ ।

 

भारतले आईतावार बिहान देखि नै काकरभिटा, कैलाली, बिरगंज र भैरहवाका नाका बाहेक अन्य नाकाहरु संचालना रोक लगाउने कुरा बाहिर आएको थियो । कपिलवस्तुका प्रजिअ दीर्घनारयाण् पौडेलले आफुहरुलाई गृहमन्त्रालयबाट नाका संचालनमा रोक भएको बिषयमा आईतवार साझ सम्म त्यस बारे जानकारी नआएको बताए । जिल्लामा कृष्णनगर र सुठौली ठुला नाका र चाकरचौडा छोटी भन्सार लगायत १० नाकाहरु छन ।

 

भारतबाट नेपाल आउने नेपालबाट भारत जानेक्रम भने नरोकिएको प्रजिअ पौडेलले बताए । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाका कृष्णनगर सुठौली र चारकचौडा नाकामा बिशेष निगा्रनी राखिएको उनले बताए । ती नाकाहरुमा स्वास्थ्यकर्मी सहीतको हैल्प डेस्क संचालनमा ल्याईएका छन । ती नाकाबाट आउ जाउ गर्ने मानिसहरु मध्ये ज्वरो र रुाखोकी लागकाहरुलाई निग्रानी गरिने पौडेलले बताए ।। खुलारुपमा नाकाहरुमा निर्वाध आउजाउले गर्दा कोरोनाको सक्रमण फैलन उच्च जोखिम रहेको स्वास्थयकर्मी बताउछन । भारतको लखनउ, दिल्ली, बिहार लगायतका स्थानम कोराना संक्रमण फैलिए पछि जिल्लाबासी त्रसित बनेका छन ।

सम्बन्धित् समाचार