सिद्धार्थ क्याम्पसको बि. एड् तेस्रो वर्षमा मुख्य विषय स्वास्थ्य तथा शारीरिक शिक्षा लिई अध्ययनरत विद्यार्थीहरुद्धारा आयोजित खेलकूद प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । गत फागुन २९ गतेका दिन गरिएको प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई आज एक कार्यक्रमको आयाजना गरी पुरस्कार हस्तान्तरण गरीएको हो ।
स्वास्थ्य तथा शारीरिक शिक्षा आधारभुत अनुसन्धान तथा परियोजना कार्यको आशिंक प्रयोगात्मक पाठ्यभार पुरा गर्नका लागि फागुन २१ गतेबाट खेलकुद प्रतियोगिता सञ्चालन गरिएको खेल संयोजक पुजा पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा छात्र तथा छात्रा तर्फ कबड्डी तथा सटपट खेल सञ्चालन गरिएको थियो । सोहि खेलमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई हौसला स्वरुप नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको खेलकुद प्रचार प्रसार संयोजक अनिता बिसिले जानकारी दिनुभयो ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख खेमराज शर्माले विद्यार्थीहरुले खेलकुद आयोजना गरि सिद्धार्थ क्याम्पसको गरिमालाई अझ उचाईमा पु¥याएको बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रमहरुले विद्यार्थीहरुको शारिरीक, मानसिक तथा बौद्धिक पक्षको विकास हुने बताउँदै क्याम्पसले पनि सक्दो सहयोग गर्ने र उत्कृष्ट विद्यार्थीहरुलाई बधाई समेत दिनुभएको थियो ।
त्यस्तै विभागिय प्रमुख राजकुमार अर्याल, बिषय शिक्षक राम प्रसाद गिरी, क्याम्पसका प्राध्यापक रोमाकान्त घिमिरे, स्ववियु सभापति सुशिल खत्रीले मन्तब्य राख्दै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनु भएको थियो ।
खेल संयोजक पुजा पौडेलले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने प्राध्यापक, उपसमितिहरु, विद्यार्थीहरु सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो ।
खेल संयोजक पुजा पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख खेमराज शर्माको प्रमुख आतिथ्यता, त्यस्तै विभागिय प्रमुख राजकुमार अर्याल, बिषय शिक्षक राम प्रसाद गिरी, क्याम्पसका प्राध्यापक रोमाकान्त घिमिरे, स्ववियु सभापति सुशिल खत्री लगायतको आतिथ्यता, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम खेलकुद प्रचार प्रसार संयोजक अनिता बिसिको सञ्चालनमा सम्पन्न भएको हो ।