गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकन आइडलमा नेपाली दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो)

अमेरिकन आइडलमा नेपाली दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो)

अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे । दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा निर्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे ।

प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए । ‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो । ’

https://youtu.be/-k_2lLFhbWE

सम्बन्धित् समाचार