माधव विल्वासे
साथमा रहेको चिट समातिए पछी कपिलवस्तुमा १ वालिकाले आत्म हत्या गरेकी छिन । शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत सिमा विकले आत्महत्या गरेकि हुन । चैत ३ गते पेशा तथा व्यवसायिक विषयको परिक्षा दिदै गरेकी उनि नगरबाट आएको अनुगमन टोलीले चिट वरामद गरेको थियो । पछाडीको वेच्नमा किताव फेला परे पछी किताव लिइ थप केही कारवाही नगरीएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताउनु भयो ।शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा आत्महत्या गर्नुको कारण आफुले गर्दा विद्यालयको बदनाम भएको उल्लेख भएको शुसाईड नोटमा उल्लेख गरीएको छ ।
आफु माफि माग्न लायक नभएको पत्रमा लेखिएको छ । मंगललवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला पारेका थिए ।विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागि दिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ । चिट भेटेपछि शिक्षकले उनको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयका लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखे आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले वताउनु भयो ।
साथमा रहेको चिट समातिए पछी कपिलवस्तुमा १ वालिकाले गरिन आत्महत्या


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैघोराही बजारका भित्री सडकमा डिभाइडर बनाउन सुरु
९ घण्टा अघि
भैरहवा विमानस्थलमा पोखराभन्दा बढी भ्रष्टाचार !
१० घण्टा अघि
गगन थापाले भने- डाँडामा बसेर लाखौँ कमाउन सम्भव छ
१० घण्टा अघि
‘ऊनको स्वीटर’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
१२ घण्टा अघि
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
१५ घण्टा अघि