सिद्धार्थ क्याम्पस बुङचीले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । क्याम्पसले संचालन गरेको खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने र आन्तरीक परिक्षामा प्रथम,दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरीएको क्याम्पसले जनाएको छ ।
विद्यार्थीलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र र कापी प्रदान गरीएको थियो । पुरस्कार हासिल गर्नेमा छात्र भन्दा छात्राको बढी उत्कृष्टता देखिएको थियो । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका झविलाल पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुको शिक्षाप्रतिको लगनशीलताले नै आज क्याम्पस यो स्थानसम्म आएको बताउदैं सम्पुर्ण विद्यार्थीलाई बदाई समेत दिनुभएको थियो ।
त्यस्तै क्याम्पस प्रमुख तथा कार्यक्रमका अध्यक्ष समेत रहनुभएका खेमराज शर्माले क्याम्पस अब केही समयमै क्यु.ए.ए.प्रमाणिकरण हुन लागेको र यस क्यामपसमा अध्ययनरत सम्पुर्ण विद्यार्थीले गौरव महसुस गर्नुपर्ने समय आएको बताउनुभएको थियो । उहाँले नतिजा प्रकाशन तथा पुरस्कार वितरणमा केही समय लागेको प्रति क्षमा याचना समेत गर्नुभएको थियो ।
नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्माको अध्यक्षयता,व्यवस्थापन समिति अध्यक्ष झविलाल पाख्रेलको प्रमुख आतिथ्यता,क्याम्पसका सम्पुर्ण प्रध्यापकहरु,स्ववियू सभापति सुसिल खत्री लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रध्यापक गाविन्द प्रसाद खनालले गर्नुभएको थियो ।