गृहपृष्ठ अर्थ/वाणिज्य एसईई परीक्षार्थीबाट २ हजार घुस लिएपछि प्रधानाध्यापक पक्राउ

एसईई परीक्षार्थीबाट २ हजार घुस लिएपछि प्रधानाध्यापक पक्राउ

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा घुस रकमसहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका(२ स्थित जनता माध्यामिक विद्यालयलका प्राधानाध्यापक महेन्द्र महतो छन्। भोलिदेखि सुरु हुन लागेको एसईईको प्रवेशपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट २ हजार घुस लिएपछि प्रधानाध्यापक महतोलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ।

एसईई परीक्षाको फारम ढिलो भरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन नमिल्ने र आफूले उक्त काम गर्न सक्ने भनी प्रधानाध्यापक महतोले परीक्षार्थीबाट दुई हजार रुपैयाँ घुस लिएका थिए। उनीमाथि थप अनुसन्धान गर्न भनी आयोगले बर्दिबासस्थित कार्यालय लगेको छ।

सम्बन्धित् समाचार