एकल महिलाहरुका लागि दुई दिने नेतृत्व तथा क्षमता विकास तालिम बाणगंगा नगरपालिका वडा न. २ मा संचालन भएको छ । एकल महिलाहरुको क्षमता विकास, समाजमा नेतृत्व गर्न सक्ने शक्ति प्रदान गर्नका लागि वडाले तालिम संचालन गरेको हो ।
तालिमको औपचारिक कार्यक्रममा बोल्दै वडा न. २का अध्यक्ष बिष्णु पौडेलले एकल महिलाहरु अब समाजमा पहिले जसरी हेपिएर वस्न नपर्ने बताए । उनले समाजमा एकल महिलाहरुलाई हेर्ने दृष्टीकोण परिर्वतन भैसकेका बेला सरकारले यसलाई अझै व्यवस्थित तवरबाट हौसला प्रदान गर्ने कामहरु गरेको जानकारी दिए । त्यस्तै स्थानिय सरकारले पनि त्यसै अनुसार एकल महिलाहरु लाई नेतृत्वदायी भुमिकाका लागि यस्ता तालिमहरु आवश्यक रहेकोले वडाले यसरी तालिम संचालन गरेको जिकिर गरे ।
कार्यक्रममा एकल महिला संघका जिल्ला अध्यक्ष रुपा गुरुङ,वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । महिला सदस्य टिका कुमारी अधिकारिको स्वागत रहेको कार्यक्रमको संचालन वडा सचिव नरेन्द्र पोख्रेलले गरेका थिए । करिब ८० जना एकल महिला सहभागी रहेको तालिममा प्रशिक्षक प्रकाश घिमिरेले तालिमको सुरुवात गरेका छन् तालिम बिहिवार समापन हुनेछ ।