कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ स्थित पिपरामा रहेको कोठी महिला उपभोक्ता समुहको निर्वाचन चैत्र ८ गते यही शनिबार हुने भएको छ । निर्वाचन नजिकिएसगै अध्यक्ष को बन्ने भन्ने बिषयले चर्चा समेत पाउन थालेको छ । अध्यक्ष पदका लागी बनका निबर्तमान अध्यक्ष रत्न बहादुर कार्की र पुुर्व शिक्षक समेत रहेका अशोक खत्री चुनावी मैदानमा उत्रीएका छन । अध्यक्ष र सचिव पद बाहेकका सबै पदमा भित्रि सहमति भएको छ भने ६ जना सदस्य काग्रेस, ७ नेकपा र १ जनमुक्ति पार्टीलाई बाढेका छन । जसमध्य सदस्य पदका लागी ११ जनाको उमेदवारी परेको भएतापनि एक सदस्यले उमेदवारी फिर्ता लिने स्रोतले बताएको छ । यद्यपि अध्यक्ष र सचिव पदमा भने चुनावै हुने देखिएको छ । उता सचिवमा भने पम्फा कडेल र गिता नेपालको उमेद्धवारी परेको छ । नेकपा पार्टीले आधिकारिक उमेदवारका रुपमा भने नेपाललाई उठाएको छ ।
यता रत्न कार्की दुई पटक बनको अध्यक्ष समेत रही सकेका छन । यसअघिको अधिवेशनमा पनि कार्कीले चुनाव जित्न सफल भएका थिए । त्यस्तै अहिले कार्कीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमै अध्यक्ष पदका लागी चुनाव उठ्न लागेका हुन । अध्यक्ष पदका लागी दुवै उमेदवारलाई वडा कमिटि देखि जिल्ला कमिटिसम्म मिलाउन पहल भएतापनि सहमति भने हुन सकेन । कार्कीले पार्टी र उमेदवारी दुवै नछाडने बताएका छन । सामुदायिक बनको नेतृत्वपछि उपभोतmाको मन जितेको र बिकासका क्षेत्रमा काम गरेकाले कार्कीले चुनाव जित्ने सम्भावना बढि रहेको एक स्थानियले बताए ।
अर्का अध्यक्ष पदका उमेदवार अशोक खत्री युवा समाजसेविका रुपमा परिचित छन । एकै ब्यतिmले एउटै पदमा बारम्बार बस्न उपयुतm नहुने र समय सापेक्ष नेतृत्व परिर्वतन आवश्यक रहेको भन्दै खत्रीले चुनाव जित्ने बिश्वास रहेको स्थानिय एक ब्यतिmले बताए । खत्री दुई दशक शिक्षण पेशामा आबद्ध रही हालै अवकाश लिएका हुन ।