गृहपृष्ठ खबर त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

एसईई परीक्षा स्थगित गरेको सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।

कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार