गृहपृष्ठ Featured कोराना भाइरसको त्रासका कारण बाणगंगाले गर्‍यो हाट बजार बन्द

कोराना भाइरसको त्रासका कारण बाणगंगाले गर्‍यो हाट बजार बन्द

नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले स्थानीयस्तरमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने भएको छ ।
बिहीवार बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न यस्तो निर्णय गरेको हो । कोरोनाबाट बच्च बैठकले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ ।
बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, भोजभतेर पार्टी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ ।

 

हाट बजारहरुमा भिडभाड धेरै हुने र भारतीय व्यापारीहरु पनि व्यापार गर्न आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन हाट बजार संचालन रोकिएको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन ।
कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उनले बताए ।

सम्बन्धित् समाचार