गृहपृष्ठ Featured कोराना भाइरसको त्रासका कारण बाणगंगाले गर्‍यो हाट बजार बन्द

कोराना भाइरसको त्रासका कारण बाणगंगाले गर्‍यो हाट बजार बन्द

प्रकाशित मिति:

नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले स्थानीयस्तरमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने भएको छ ।
बिहीवार बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न यस्तो निर्णय गरेको हो । कोरोनाबाट बच्च बैठकले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ ।
बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, भोजभतेर पार्टी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ ।

 

हाट बजारहरुमा भिडभाड धेरै हुने र भारतीय व्यापारीहरु पनि व्यापार गर्न आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन हाट बजार संचालन रोकिएको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन ।
कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उनले बताए ।

सम्बन्धित् समाचार