भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुर बाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो सहित कोरोनाका लक्षण देखिएपछि क्वारेन्टाईन पठाउने तयारी भएको छ ।
नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ । अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ । ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा वि तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ ।
क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आ आफनो घर जान दिईने कपिलवस्तु प्रहरी उपरिक्षक दिप शम्सेर जवराले बताए । दुई जना मध्य एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने,अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् ।
दुबैमा कोरोनाको लक्ष्यण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ । कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागी पठाउने तयारी भैरहेको छ ।