गृहपृष्ठ Featured बन्ने भयो टाकु चनोवा- मसुरेघाट घोघोवा जोड्ने पुल, स्थानीय खुसी

बन्ने भयो टाकु चनोवा- मसुरेघाट घोघोवा जोड्ने पुल, स्थानीय खुसी

प्रकाशित मिति:

सुशील गैरे,बुद्धभूमि
पुल नहुँदा टाकु चनोवा- मसुरे घाट घोघोवा आवातजावत गर्दा समस्या भैरहेका बेला पुलको शिलन्यास भएपछि स्थानीयबासीमा खुसी छाएको छ । कपिलवस्तुको बुद्धभूमि ३ रनगाइमा वडा अध्यक्ष विकास आचार्यको पहलमा झोलङ्गे पुल बन्ने भएको हो ।वडा अध्यक्ष आचार्यले बिहिबार एक कार्यक्रमका बीच झोलङ्गे पुलको उद्घाटन गर्नुभयो ।पुल उद्घाटन गर्दै उहाँले पुलले मसुरे र अर्घाखाँची शितगङ्गा न पा ११ मौवाबारी समुदायका बालबालिका बर्षाको समयमा स्कुल आउन जान तथा स्थानीयलाई बजारसम्म आवतजावत गर्न सहज हुने बिस्वास व्यक्त गर्नुभयो ।

चुनावताका मसुरेका जनताले यो पुल निर्माणका लागि जोडदार माग गरेका थिए ।बिहिबार पुलको शिलन्यास भएपछि स्थानीयबासी खुसी भएका छन् । साथै उनीहरुले पुल निर्माणमा पहल गर्ने वडा अध्यक्ष आचार्यलाई धन्यवाद दिएका छन् ।लि डो निर्माण सेवा रुपन्देहीले लिएको पुलको ठेक्का यसै आर्थिक बर्षभित्र सक्ने लक्ष्य छ ।

सम्बन्धित् समाचार