बाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले कारोना बाट सर्तक रहन नगरवासिहरुमा आग्रह गरेका छन । नाबेल कोरोना भाइरसको जोखिम बाट बच्नका लागि उनले उच्च सर्तक रहन आग्रह गरेका हुन । उक्त जोखिमलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले स्थानीयस्तरमा लाग्ने साप्ताहिक हाट बजार समेत बन्द गरि सकेको प्रवक्ता पौडेलले बताए ।
कोरोनाबाट बच्न प्रवक्ता पौडेलले नगरका जनतालाई सु सुचित गर्दै विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेका छन् । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन । कोरोनाको संक्रमण नदेखिए पनि सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उनले बताए ।