गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस भएको पुष्टि

भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस भएको पुष्टि

प्रकाशित मिति:

भारतकी चर्चित गायिका कनिका कपूरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कनिकालाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको छ । गायिका स्वयंले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सङ्क्रमण भएको जानकारी दिएकी हुन् । कणिका कपूर गएको मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कनिकाले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन ।

*

पार्टीमा करिब ५०० मानिसहरुको सहभागिता रहेको थियो । कनिकालाई कोभिड १९ पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले कनिकाको पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने बताइएको छ ।

 

कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको बताएकी छिन्।कणिकाको इन्स्टाग्राम पोष्टमा बलिउड कलाकारहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

सम्बन्धित् समाचार