गृहपृष्ठ खबर वाणगंगा १ मा कोरोना भाईरस बारे सचेतनामुलक कार्यक्रम

वाणगंगा १ मा कोरोना भाईरस बारे सचेतनामुलक कार्यक्रम

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १ ले कोरोना भाईरस बारे सचेतनाका कार्यक्रमलाई तिब्रता दिएको छ । वडा समन्वय समितिले विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरसबारे आज चेतनामुलक कार्यक्रम गरि यसका लक्षण र बच्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा कोरोना भाईरस के हो ? कसरी सर्छ ? यसका लक्षण र बच्ने उपायहरुको बारेमा चेतनामुलक पम्प्लेट पनि वितरण गरिएको थियो । कोरोना भाईरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने तथा नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्ने भन्दै यसबाट सचेत रहनुपर्ने बताईएको थियो । साथै यसबाट बच्नका लागि सफा पानीले हात मुख धुने, खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने, पशुजन्य मासु वाअण्डा राम्रोसंग पकाएर खाने, जंगली वा घरेलु पशुपंछीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने बारे स्पष्ट पारिएको थियो । कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले यसबाट वाणगंगा नगरपालिका सचेत रहेको बताउदै सचेतनामुलक कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै वडाअध्यक्ष वाल कुमारी पन्त अधिकारीले कोहि व्यक्तिमा संक्रमण देखिएमा वडाका वाल मावि र सिद्धार्थ माविमा सुरक्षित स्थान तयार पारिएको बताउँनु भयो । उहाँले हाट बजार बन्द गरिएकाले कालोबजारी रोक्न र वडावासिहरुलाई आधाभुत आवश्यकताका सामग्रिहरुको अभाव हुन नदिन वडा सचेत रहेको बताउनुभयो । उहाँले आ आफ्नो टोल, छरछिमेक तथा घरपरिवारमा सचेत गराउन टोल विकास संस्था, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गर्नुभयो । वडाअध्यक्ष वाल कुमारी पन्त अधिकारीको अध्यक्षता, नगर स्वास्थ्य प्रमुख ठगराज पौडेल, टोल विकास संस्थाका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, सञ्चारकर्मीहरु लगायत सरोकारवालको उपस्थिती रहेको कार्यक्रममा वडा सचिव गोबिन्द आचार्यको सञ्चालन रहेको थियो ।

सम्बन्धित् समाचार