गौतमबुद्धको गृह नगर तिलौराकोटबाट उत्तर तर्फ पहाडको फेदिँ चर्तुबाहु(चौबाहा) दौहित्रग्राम(डोहोँटे), कपिलगंगा हालको वाणगंगा नदीको कोहरी खोलाको विच तटीय क्षेत्रमा गौतमबुद्धका पनि गुरु कर्दम र देवहूतिका पुत्र सत्ययुगीन ऋषि कपिलऋषिले साधना गरेको स्थान कपिलधाम कपिलवस्तु जिल्लाको ऐतिहासिक महत्व बोकेको पवित्र स्थल हो ।
कपिलधाम बाणगंगा ७ घेरुवा बनगाई चोकबाट २ किलोमिटर उत्तर तर्फ ४८.७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । २०६८ सालमा स्थापना भएको धाम महर्षि कपिलको शिला स्तम्भ, कपिलेश्वर महादेवको मन्दिर, १०८ शिवलिंग, राधा कृष्णको मन्दिर, पतञ्जलीको शिला स्तम्भ, अरुणधती सहित सप्तऋषिहरुको शिला स्तम्भ, कपिलधाम केन्द्र केन्द्र, मनसा देवीको मन्दिर, राम जानकीको मन्दिर, गणेशको मन्दिर, हनुमानजीको शिला स्तम्भ, विश्वकर्मा मन्दिर, सगर राजाले अश्वमेघ येग्यमा छाडेको सेतो घोडा, स्थाणु तीर्थ पोखरी, लुम्बिनी वाङ्गमय प्रतिष्ठान भवन, कपिलप्राज्ञ पुस्तकालय, साहित्यिक तीर्थमा राखिएका साहित्यकारहरूका शिला, देवहुतिको मन्दिर, दुर्गा भगवतीको मिन्दर, गायत्री देविको मन्दिर, पाहुनाका लागि धर्मशाला र सचिवालय, गायत्री पुरस्सरणका लागि कुटी, सिद्धको मन्दिर लगायतका बस्तुहरु आन्तरिक तथा बाह्य पर्यटक आगमनका आधार स्तम्भ बनेका छन् । आकर्षक प्रवेशद्धार तथा धुलो रहित प्रवेश मार्ग, फुलका क्यारी, आकर्षक सुविधा सहित बनभोज सेड, साहित्य चौतारीमा कार्यक्रम सञ्चालनका लागि सेडले पनि धामलाई अझ सुन्दर तुल्याएको छ ।
धाम परिसरमा हाल अमला, बेल आँप ,लिची ,रक्तचन्दन ,श्रीखण्ड ,तेजपत्ता ,अम्बा केरा, कटहर लगायतका फलफूल तथा जडीबुटीहरुको खेती गरि प्राकृतिक चिकित्सालय निर्माणको आधार तयार गर्न लागिएको छ । महर्षि कपिल र शाक्य दर्शनको बारेमा बुझ्न् , तपोभूमि भएकोले ध्यान तपस्याका लागि, विभिन्न साहित्यकारहरु साहित्य लेख्न तथा यस्को अध्ययन गर्न, जडिबुटि लगाउने भएकोले सो विषयमा जान्न बुझ्न, एकान्त शान्त मनोरम बातावरणमा घुम्न रमाउन बनभोज खानका लागि समेत हाल काठमाण्डौ, पोखरा, नेपालगंज,बुटवल चन्द्रौटा, तौलिहवा, भारतको हरिद्धारका भारतीय तथा स्थानिय पर्यटकहरु धाम सम्म पुग्ने गरेका छन् । सोहि कारण कपिलधाममा वार्षिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरुले कपिलधामको अवलोकन गरेका छन् । थप आकर्षक पर्यटकीय क्षेत्र निर्माण, पुस्तकालय व्यवस्थापन लगायतका भावी योजना साकार पार्नका लागि सुरक्षाको व्यवस्था र अर्थ व्यवस्थापनका लागि सरोकारवालाको सहयोग अपरिहार्य देखिन्छ ।
प्राकृतिक चिकित्सा सञ्चालन गर्ने, गुरुकुलम शिक्षा सञ्चालन गर्ने, पोखरी निर्माण गर्ने, बनभोजका लागि थप व्यवस्थापन, फुलबारी निमार्ण, जुडिबुटी वृक्षारोपण, तारबार वाल कम्पाउण्ड, नदी नियन्त्रण लगायतका योजनाहरु कार्यान्वयनका लागि धाम लालायित छ । शंकर प्रसाद आचार्य, आत्मराम आचार्य, हरिराज घिमिरे लगायतको परिकल्पना साकार पार्दै आकर्षक पर्यटकीय धाम बनेको कपिलधाम शान्त मनोहर एकान्त स्थलमा जाज्वल्यमान छ । संस्थापक अध्यक्ष शंकर प्रसाद आचार्य नै हाल अध्यक्ष रहेको धाम सञ्चालक समितिको उपाध्यक्षमा सुमित्रा थारु, सचिवमा झगेश्वर अर्याल, कोषाध्यक्षमा खिलराज पौडेल, सहसचिवमा नर्मदा भटराई सदस्यहरुमा पी पी थारु, राजु आचार्य, दिपक भटराई कमला धुरेल, पवित्रा विक, लोकी परियार, इश्वरी प्रसाद खनाल, थम्मन सिंह भटराई, छन्द बहादुर रायमाझी कमल पोख्रेल दीपक भटराई हरिकला थारु हिमकला आचार्य सिव भटराई शान्ता खनाल भुवन पौडेल र दुर्गा पौडेल सञ्चालक समिति सदस्यमा रहनुभएको छ ।
धाम परिसरमा स्थापित अरुनधति सप्तऋषि स्थापनामा संकर प्रसाद आचार्य, कुमार मधु वेल्वासे, हरिराज घिमिरे, राम प्रसाद भुषाल, स्वर्गिय दिल बहादुर कार्की, बोम प्रसाद न्यौपाने, ठाकूर प्रसाद पौडेल, सम्भु प्रसाद थारुले आर्थिक सहायत गर्नुभएको तथ्यांक छ । शिवालय मन्दिर बुटवल निवासी थानेश्वर बेल्वासेको दान सहयोगमा, महर्षि कपिलमुनिको आधारशिला स्तम्भ थममन सिंह भटराई, कृष्ण गौतम, विष्णु गौतम, प्रकाश गौतम, तेज नारायण आचार्य, र स्यामलाल भटराईको, मनसा देविको मन्दिर बुटवल निवासी टामलाल वेल्वासे, पतञ्जली ऋषिको आधार शिला, निर्माण विष्णु आचार्य देवलाल पौडेल, कपिलध्यान केन्द्र महायज्ञमा उठेको रकम र प्रदेश सरकार, गायत्री मन्दिर निमानन्द पौडेल, चन्द्र प्रसाद पौडेल, तेज नारायण आचार्य संकर आचार्यको दान सहयोगमा निर्माण भएको छ ।
यस्तै १०८ शिवलिंग गंगाधर पोख्रेल र सिता पोख्रेल, राधाकृष्ण मन्दिर स्यामा श्रेष्ठ, रामजानकी मन्दिर पशुपति कक्षपति सन्देश कक्षपतिद्धारा, गणेश मन्दिर संकर प्रसाद आचार्य हनुमानको आधार स्तम्भ शिला रामलाल आचार्य, प्रतिक्षालय इन्जिनियर अर्जुन अधिकारी, सौचालय साना किसान कृषि सहकारी संस्था लिमिटेड बनगाई र भलवाड, पिकनिक सेड नवप्रभात सहकारीद्धारा, धर्मशाला धामकै लगानीमा, पोखरी सुन्दरीकरण बानपा ९ र वाणगंगा नगरपालिकाको कार्यालय, विश्वकर्मा मन्दिर गुञ्जन वि.क., विश्वकर्मा मन्दिर अगाडीको सेड, पर्यटन पर्वद्धन विकास समिति, अध्यक्ष हेमलाल ज्ञवालीको नेतृत्वमा लुम्बिनि बाङमय प्रतिष्ठानको प्रादेशिक भवन, साहित्य तीर्थमा रहेको सेड बाणगंगा नगरपालिका वडा नम्बर ७ को कार्यालय, देवहुति मन्दिर हुम बहादुर खत्री, सिमल संरक्षण चौपारी रामु पुन रमेश केसि, कुशुम रुख संरक्षण चौपारी, नन्दराम अर्याल, गेटपूर्व पश्चिमको चौपारी निर्माण सहयोग क्रमशः आत्मराम आचार्य र बेदुराम पौडेलले गर्नुभएको छ । सत्य युगिन, द्धापर युगिन, त्रेता र कलियुगिन चारै युगको इतिहास बोकेको यस्तो अनुपम प्राकृतिक छटाले भरिपूर्ण सुन्दर कपिलधाम भ्रमणका लागि तपाईहरू लाइ पनि चुले निम्तो छ ।