गृहपृष्ठ खबर अब नेपाल भारत सीमानाका सबै चोरबाटोहरु बन्द हुने, यि दुई नाका मात्र संचालन हुने

अब नेपाल भारत सीमानाका सबै चोरबाटोहरु बन्द हुने, यि दुई नाका मात्र संचालन हुने

प्रकाशित मिति:

प्रदेश नं १ को सरकारले सङ्घीय सरकारलाई कोभिड–१९ प्रति उच्च सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका विराटनगर र काकरभिट्टाबाहेक अन्य नाका बन्द गर्न आज सुझाव दिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१८ स्थित बुधनगरमा स्थापित एकीकृत भन्सार जाँच चौकीको आज अनुगमन एवं निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै प्रदेशअन्तर्गतका भारतसँग सीमा जोडिएका दुईबाहेक अन्य सबै छोटी नाका बन्द गर्न सुझाव दिएको जानकारी दिए ।

उनले नेपाली र भारतीय नागरिकलाई कोरोना भाइरसप्रति उच्च सर्तकता अपनाउनका लागि खुल्ला नाकालाई व्यवस्थित गर्न सुझाव दिएको र आगामी केही दिनभित्र कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले यस सम्बन्धमा नेपाल र भारतबीच आवश्यक छलफल भइरहेको बताए । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारको सहयोगमा जाँच चौकीमा भालि कोभिड–१९ को परीक्षणका लागि स्वास्थ्य चौकी स्थापना गरिने बताए । उनले लामो दुरीबाट आउने ट्रक तथा लहरीका चालक, सहचालकको स्वास्थ्यप्रति ध्यान दिन र सङ्क्रमण नफैलियोस् भन्ने सर्तकताका लागि स्वास्थ्य चौकी स्थापना गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित् समाचार