गृहपृष्ठ Featured कोरोना भाईरस बिरुद्ध कपिलवस्तु जिल्ला भित्रका क्रियाशिल विद्यार्थीहरु एकजुट , बस्यो संयुक्त बैकठ तौलिहवामा

कोरोना भाईरस बिरुद्ध कपिलवस्तु जिल्ला भित्रका क्रियाशिल विद्यार्थीहरु एकजुट , बस्यो संयुक्त बैकठ तौलिहवामा

प्रकाशित मिति:

विश्वभर नै महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात् कोभिड – १९ ले अहिले विश्वभर नै महामारीको रुपमा रहेको बेला नेपाल भित्र यसको प्रभाव नेपालमा भने देखिएको छैन् । सरकारले विभिन्न कदम चालिरहेको बेला यता कपिलवस्तुमा भने जिल्ला भित्र क्रियाशिल रहेको विद्यार्थी संगठन भने यसबेलामा एकजुट भएका छन् । विशेष गरी कोरोना भाईरस नियन्त्रणका लागि संगठन एकजुट भएको अनेरास्ववियु कपिलवस्तुका संयोजक बाबुराम अर्यालले जानकारी दिनुभएको छ ।

बैठकले कपिलवस्तु स्थित भारत सँग जोडिएको नाकामा आवतजावतमा रोक लगाउने , आवश्यक कामको लागि जान अनुरोध गरेको , यस्तै कोरोना भाईरसको संक्रमण देखिएमा तत्काल उपचारको व्यवस्था मिलाउने , व्यपारीहरुलाई कालोबजारी नगर्न अनुरोध वैठकले गरेको छ यदि कालोबजारी गरेको थाहा पाएमा आफुहरुले कडा कारबाही गर्ने , सर्वसाधारणहरुले घरमै क्वारेन्टाईन निमार्ण गर्न अनुरोध पनि गरेको छ । यस्तै बैठले निजि विद्यालयहरुलाई चैत्र महिनाको मासिक शुल्क फिर्ता गर्ने पनि अनुरोध गरेको छ । वैठकले प्रेस व्क्तव्य जारी गदैँ यस्तो निर्णय गरेको हो । बैठकमा अनेरास्ववियु कपिलवस्तु , ने.वि संघ कपिलवस्तु , समाजवार्दी विद्यार्थी युनियन कपिलवस्तु,राष्ट्रिय विद्यार्थी संघ तथा अखिल (क्रान्तिकारी ) कपिलवस्तुले प्रेस व्क्तव्यमा हस्ताक्षर गरेका छन् ।

विश्वभर नै महामारीको रुपमा रहेको कोरोना भाइरस बाट सुरक्षित रहन नियमित रुपमा साबुन पानीले हात धुने ,रुघा लाग्दा वा खोक्दा रुमालले मुख छोप्ने ,बहिर हिन्दा मास्कको प्रयोग गर्ने ,मोवाइल फोन नियमित रुपमा सफा गर्ने , भिडभाडबाट टाढा बस्ने लगायतका कार्य गनुपर्ने छ भने यसका लक्षणहरु ज्वरो १००.४० भन्दा माथि आउनु , श्वास प्रश्वासमा अत्याधिक समस्या हुनु , रुघा र खोकी लाग्नु आदि हुन् ।

सम्बन्धित् समाचार