गृहपृष्ठ खबर यातायात मन्त्रालयले १ लाख मास्क किनेर चालक र सहचालकलाई वितरण गर्ने

यातायात मन्त्रालयले १ लाख मास्क किनेर चालक र सहचालकलाई वितरण गर्ने

प्रकाशित मिति:

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक लाख मास्क किनेर लामो दूरीमा गाडी चलाउने चालक र सहचालकलाई वितरण गर्ने भएको छ । मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले साझा स्वास्थ्य सेवासँग एक लाख थान सर्जिकल मास्क खरिद गरेर आजै साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्नेछ ।यस्तै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकोले त्यसबेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित् समाचार