गृहपृष्ठ अन्तरास्ट्रिय खबर नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

प्रकाशित मिति:

भारतबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर आउन लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जाँचका लागि स्थापना गरिएको ुहेल्थ(डेस्कु तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको हो। शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो। उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन्। उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन। उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ।

हेल्थ(डेस्कुमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए। कोरोना भाईरस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा हेल्थ(डेस्कु स्थापना गरी जाँच गर्न शुरू गरेको छ। विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा ुहेल्थ(डेस्कु स्थापना गरिएको छ। भारतमा समेत कोरोनाको संक्रमण देखिएको हुँदा उनीहरूलाई हाल तुलसीपुर आउन रोक लगाईएको हो। हालसम्म दुईवटा ुहेल्थ(डेस्कुमा गरी झन्डै ११ हजार बढी नागरिकको स्वास्थ्य जाँच गरिएको छ। तर हालसम्म पनि कसैमा कोरोना भाईरस शंकास्पद फेला नपरेको जनस्वास्थ्य निरीक्षक केसीले बताए।

सम्बन्धित् समाचार