गृहपृष्ठ खबर लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

विश्वभर महामारीको रुपमा फैलिहेको कोरोना भाइरस (कोभिड -१९)को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले पश्चिम बुद्धभूमिको विभिन्न गाउँ टोलमा लकडाउन सफल पार्ने बाहानामा कतै गाउँमा अपरिचितलाई प्रवेश निषेध गरेका छन् त कतै एम्बुलेन्स समेत आउन नमिल्ने गरी बाटो बन्द गरिदिएका छन् । बुद्धभूमिको वडा नम्बर १, २ र ३ का अधिकांश स्थानमा अलिहे स्थानीय आफैले बाटो बन्द गरेका छन् तर प्रशासन भने वेखबर रहेको छ । यसरी बाटो अवरुद्ध गर्दा अति आवश्यक कामका लागि हिडेका सवारी साधनलाई समस्या हुने गरेको र कतिपय सवारी साधनहरु बीच बाटो बाटै फर्किएको नाम नखुलाउने सर्तमा चालकहरु बताउन्छन् ।

गाउँघरका स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि कति पय गाउँमा अहिले युवाहरु जम्मा हुने र बन्द हड्ताल गरे जस्तो गरी बाटोमा अवरोध राखेर अत्यावश्यक काममा समेत हिडडुल गर्न नमिल्ने गरी बल प्रयोग गरेर अवरोध सिर्जना गरेका छन् । कतिपय ठाउँमा सोही विषयले झडप समेत हुन थालेको छ । बाटो अवरुद्ध हुदा र लकडाउनको प्रभाव स्थानीय जन्तामा कस्तो छ विभिन्न ठाँउका मान्छेहरुको एक आपसमा सम्पर्क छ कि नाई भन्ने वारे स्थानिय जन प्रतिनिधिहरुको अनुगमन पनि फित्लो भएको देखिएको छ ।

सम्बन्धित् समाचार