गृहपृष्ठ अन्तरास्ट्रिय खबर राष्ट्रपति ट्रम्पद्धारा सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

राष्ट्रपति ट्रम्पद्धारा सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गर्नुभएको छ । कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वका २ सय २ देशमा ५ लाख १२ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने झण्डै साढे २३ हजार ४ सय ९५ जनाको ज्यान गएको छ । तर वर्ल्डओमिटरका अनुसार १ सय ९९ देश र जापानको योकोहामामा पुगेको अन्तर्राष्ट्रिय पानीजहाजमा गरि ५ लाख ९४ हजार १ सय ५५ जना संक्रमित भएका छन् ।

तीमध्ये १ लाख ३२ हजार ५ सय २६ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३४ हजार ४ सय ७ जनाको उपचार चलिरहेको छ । २७ हजार २ सय २२ जनाको ज्यान गएको छ ।

अमेरिकामा मात्रै एक लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । गएको २४ घण्टामा झण्डै १७ हजार नयाँ संक्रमित भेटिएपछि अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार ३ सय २१ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ५ सय ९१ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसको लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ । त्यस्तै स्वास्थ्य मन्त्री ह्याट ह्यानककलाई पनि सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित् समाचार