वाणगंगा नगरपालिका भित्रका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने पसलहरुले सरकारको निर्देशनलाई अवज्ञा गरेको देखिएको छ । सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोकेको भएता पनि यता वाणगंगा नगरपालिकाका पसलहरु भने वेखबर जस्तै बनेका छन् ।

लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न दिने सरकारले बताए पनि त्यसको प्रभावकवारी कार्यन्वयन वाणगंगामा भने देखिएको छैन् । यस्ता पसलहरु दिनभर जसो संचालनमा रहेको पाईएको छ । दैनिक उपभोग्य वस्तुहरु उपभोक्तालाई वितरण गर्दा पनि त्यति सावधानी अपनाएको देखिदैन् । यता जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले भने कोरोना संक्रमण रोक्न जिल्लामा विशेष सचेतनाका साथ लागी परेको बताएको छ ।
सरकारले दिनमा २ पटक दैनिक उपभोग्य वस्तुका पसलहरु खोल्न अनुमति दिए पनि वाणगंगा नगरपालिका त्यस्ता पसलहरु दिनभर जसो संचालनमा छन् । पसलमा सामान किनबेच गर्दा भिड्भाड गर्न नदिने र सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयको पास बिना आवतजावतमा रोक लगाइएको भनिए पनि त्यसको प्रभावकारी कार्यन्वयन वाणगंगा त्यति देखिएको छैन् । आमसर्वसाधरण सडकमा के कति कामले निस्कियो भन्ने सम्मको सोधपुछ गर्नमा पनि प्रहरी चुकेको देखिएको छ । स्थानिय प्रशासनले फितलो अनुगमन गरी रहेको जस्तै देखिएको छ । सडक अनुअमन गरी रहेका प्रहरीसंग पनि कोरोनाको संक्रमणबाट वच्ने पर्सनल प्रोटेकटिभ इक्युपमेन्ट(पिपिइ) उपलब्ध छैन् ।
आमसर्वसाधरणले कत्तिसम्मको सरकारको निर्देशनलाई पालना गरेका छन् त ? भन्ने कुराको पनि निगरानीमा स्थानिय सरकार चुकेको देखिन्छ ।
दैनिक उपभोग्य वस्तु मागलाई मध्यनजर गदै दिनमा ६ घण्टा पसल खोल्न दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न दिएको र अब निरन्तर दिने पनि मन्त्रालयले जनाएको छ ।








