पाँच नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्रका संचारमाध्यममा कार्यरत संचारकर्मी, सुरक्षाकर्मी तथा नगर भित्रका दुईवटा अस्पतालका लागि सेनिटाइजर वितरण गर्नुभएको छ । सासंद पन्थीेले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) बाट बच्न केही राहत पुग्ने विश्वास लिँदै नागरिकको जीवन रक्षाका लागि सुचना प्रवाह गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना नियन्त्रणका लागि सेनेटाइजर वितरण गरेको बताउनुभयो ।
सांसद पन्थीले वाणगंगा नगरपालिका भित्रका चारवटा रेडियोमा कार्यरत संचारकर्मी, पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालका लागि पनि सेनिटाईजर प्रदान गर्नुभयो । त्यस्तै ईलाका प्रहरी कार्यालय पिपराका लागि पनि सेनिटाईजर वितरण गर्नुभएको छ ।
विश्व कोरोना भईरसबाट आक्रान्त बनिरहेका बेला सासंद पन्थीले संचारकर्मी, सुरक्षाकर्मी र स्वस्थ्यकर्मीहरु कोरोना रोकथाममा निरन्तर खट्ने हुँदा उनीहरुको स्वास्थ्यको गम्भिर ख्याल राख्नुपर्ने पनि बताउँदै आफुले सहयोग गरेको प्रष्ट पार्नुभयो ।