गृहपृष्ठ अन्तरास्ट्रिय खबर टोकियो ओलम्पिक एक वर्ष पछि धकेलियो, सन् २०२१ को जुलाईमा हुने

टोकियो ओलम्पिक एक वर्ष पछि धकेलियो, सन् २०२१ को जुलाईमा हुने

जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद प्रतियोगिता एक वर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानले अब सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेलकुद सञ्चालन गर्ने निर्णय गरेका जापानी समाचार संस्था क्योदोले जनाएको छ ।


यसै वर्ष तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद तोकिएको मितिभन्दा पछि सारिएको हो ।

सम्बन्धित् समाचार