गृहपृष्ठ Featured लकडाउनले संकटमा कपिलवस्तुका बिपन्न मजुदर परिवार, रोजीरोटी खोसिदा छाक टार्न धौ धौ

लकडाउनले संकटमा कपिलवस्तुका बिपन्न मजुदर परिवार, रोजीरोटी खोसिदा छाक टार्न धौ धौ

प्रकाशित मिति:

कोरोना भाईसरको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला दैनिक ज्यालादारी र मजदुरी गरेर परिवारको पेट पाल्दैे आएका मजदुरहरु संकटमा परेका छन । लकडाउनको एक साता बितिसकेको छ । चैत १८ सम्म लकडाउन गर्ने सरकाले तोकको भए पनि पुन थप आठ दिन थपेको छ ।

यस्तो अवस्थामा अहिले कपिलस्तुमा दैनिक ज्याला मजदुरी गरेर पविार पाल्दै आएका बिपन्न परिवार भने बिचल्लीमा परेका छन । उनीहरुलाई खान लगाउन नै समस्या परेको छ । रिक्सा चालक, निर्माण कार्यमा लाग्ने मजदुर, ईटा भट्टा, गिटटी कुटेर पविार पाल्दै आएका बिपन्न परिवारलाई यति बेला छाक टार्न मुस्लिक परेको छ ।

यस्तै अवस्था रहे अथवा कसैले सहयोग नगरे ती बिपन्न परिवार भोक भोकै मर्ने गुनासो गर्छन । सदुरमुकाम तौहिलवामा रहेको हाडबेयर पसलमा सिममेन्ट छड बाकेर पविारको गुजारा चलाउदै आएका कपिलवस्तु नगरपालिका– १ धोबी टोलका बिष्णु चौहानको पविारलाई अहिले छाक टार्न निकै मुस्किल परेको छ ।

दैनिक मजदुरी गरेर दैनिक पाच सात सय कमाएर ५ जनाको परिवारको गुजारा चलाउदै आएका उनको पविार अहिले संकटमा छ । ‘ काम नगरको पनि सात दिन भयो, भएको सबै पैसा सकियो, घरमा भएको रासन पानी सबै सकियो ’ निराश हुदै उनले भने ‘ कोरोनाले रोजोरोटी पनि खोस्यो ’ । ट्रकबाट पसलमा सिमेन्ट बाकेर पुरयाएर बापत प्ति बोरा ५ रुपैया पाउने गर्थे । सिमेन्टको बोरा र छड बाकेर पविारको भरणपोण गर्दै आएका उनले त्यो काम पनि रोकिदा परिवार सकटमा परेको गुनासो गरे । ‘

लकडाउनले हाम्र्रो रोजीरोटी गुम्यो तर यस बारे कसैले चासो दिएका छैनन ’ उनल भने ‘ कोरानोका कहरले पुरै बिश्वलाई त्रसित पारेका छ, तर हाम्रो त बाच्ने आधार समेत खोसियो ’ । यस्तो बिषम रिस्थितिमा आफुहरु जस्ता बिपन्न मजदुरहरुलाई अझै सम्म कसैले सहयोग नगरेको उनको गुनासो छ । सहयोग नपाए आफना परिवार भोकभोक मर्ने उनले दुःखेसो पाखे ।

उता कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का बावु लोनियाको परिवारको हातल पनि बिष्णुका भन्दा कम छैन । तौहिलाव बजारमा रिक्सा चलाएर ७ जनाको परिवार पाल्दै आएका लोनिया पनि अहिले कोरानाले गदौ रोजीरोटी गुमे पछि निकै चिन्तित बनेका छन । खिया लागेर पुरानो भईसकेको रेक्सा चलाएर दैनिक दुई चार सय कमाएर परिवार पाल्दै आएका उनको बेहाल छ । ‘े बसेर खाने मात्र काम भएको छ, काम पनि गर्न पाईएको छैन ’ उनले भने ‘। घरमा रहेको खाद्यान्न जति सकिएको भन्दै उनले अब भोकभाकै रहनु पर्ने स्थिति आएको बताए ।

मिहीनेत मजदुर गरेर आएको पैसाले उनको परिवारले दैनिकरुपमा नै सरसामान किनेर गुजारा चलाउदै आएका छन । उनले आफु जस्ता बिपन्न परिवारलाई सरकारले सहयोग गरी बाच्ने आधार दिनु पर्ने बताए । कोरोनोल गर्दा बिष्णु र बावु जस्ता मिहीनेत मजदुरी गरेर परिवार पाल्दै आएका मजदुरहरुको पविार बिचल्लीमा परेका छन ।

कोराना भाईरस फैलन नदिन जिल्ला बिपद ब्यवस्थापन समिति, स्थानीय निकायले ध्यान केन्द्रित गरे पनि बिपन्न मजदुर परिवारलाई राहत दिने बिषयमा अझै सम्म कुनै पहल नगरको मानवअधिकरकर्मी रबि ठाकुरले बताए । संकटमा परेका बिपन्न परिवारलाई तत्कालै राहत दिनु पर्ने माग गरे ।

उता बुद्धभुम नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफनो नगरमा रहेका १० वटै वडामा रहेका बिपन्न र मजदुर परिवारको लगत सकलन गर्ने काम भईरहेको बताए । मेयर श्रैष्ठले लकडाउन लम्बिए बिपन्न परिवारलाई नगरपालिकाले राहत प्रदान गर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिपन्न परिवारलाई लगत सकलन गरी सहयोग गर्ने बताए । प्रअिज दीर्घनारयण पौडेलले यस बिषयमा आफु गंभीर रहेको भन्दै स्थानीय निकायसंग छलफल गरी अघि बढने बताए । उनले बिपन्न परिवारलाई राहत दिनु पर्ने बताए ।

सम्बन्धित् समाचार