गृहपृष्ठ Featured पिपरामा अस्पतालको बिजोग, कोरोना हुदा ज्वरो नाप्ने थर्मो गन समेत छैन

पिपरामा अस्पतालको बिजोग, कोरोना हुदा ज्वरो नाप्ने थर्मो गन समेत छैन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको पिपरा अस्पतालमा कोरोना लाग्दा ज्वरो नाप्ने थर्मो गन समेत नरहेको पाइएको छ । बिश्वभर कोरोना भाइरसको महामारी बढी रहदा सरकारी अस्पताल पिपरामा हालसम्म थर्मो गन समेत नरहेको पाइएको हो ।

राजापानीमा कोरोना आशंकामा उपचार गर्न गएका बिरामीलाइ अस्पतालले आफनै हाते थर्मोमिटर दिएर घर पठाएको छ । थर्मो गन नहुदा अस्पतालका डाक्टरले थर्मोमिटरले ज्वरो नाप्ने गरेका छन भने कोरोनाको शंका लागेका बिरामीलाई चेकनै नगरी बुटवल पठाउने गरेका छन । थर्मो गन नभएकाले थर्मोमिटरको प्रयोग गरीएको अस्पतालका डाक्टर रञ्जीता महत्तोले वैखरी अनलाइनलाई बताइन ।

सम्बन्धित् समाचार