गृहपृष्ठ खबर सरकारद्धारा २०७७ सालका बिदाहरुको सूची सार्वजनिक (सुचीसहित)

सरकारद्धारा २०७७ सालका बिदाहरुको सूची सार्वजनिक (सुचीसहित)

प्रकाशित मिति:

सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि सरेका छन् । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ ।

 

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हस्पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।

२०७७ सालमा सरकारले दिने राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सुची :

Public Holiday 2077

सम्बन्धित् समाचार