गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकामा बेरोजगारी समस्या इतिहासकै सबैभन्दा खराब स्थिति , ६६ लाखले सरकारसँग भत्ता मागे

अमेरिकामा बेरोजगारी समस्या इतिहासकै सबैभन्दा खराब स्थिति , ६६ लाखले सरकारसँग भत्ता मागे

अमेरिकी रोजगार बजारमा इतिहासकै सबैभन्दा खराब स्थिति देखिएको छ। मार्चदेखि अहिलेसम्म ६६ लाखभन्दा बढी मानिसहरुले सरकारसँग बेरोजगारले पाउने सुविधा माग्दै निवेदन दिएका छन्। पछिल्लो तीनसातामा अमेरिकाले रोजगारीका क्षेत्रमा विनाशकारी अवस्था व्यहोरेको सीएनएनले जनाएको छ। मार्चदेखि यता बेरोजगारी सुविधा प्राप्त गर्न निवेदन दिनेहरुको संख्या साविकको भन्दा ३००० प्रतिशत बढी हो।

कोरोना (कोभिड–१९) संक्रमणका कारण व्यापारका क्षेत्रमा देखिएको कटौती र श्रमिकहरुले छुट्टी लिनुपर्ने बाध्यता भएपछि बेरोजगारी समस्या इतिहासमै उच्च देखिएको जनाइएको छ। मार्च २८ तारिखसम्म ६६ लाख श्रमिकहरुले बेरोजगार भएका बेला सरकारबाट प्राप्त हुने सुविधाका लागि फाइल बुझाएका छन्। यस्तो बेरोजगारीको अवस्था अर्थशास्त्रीहरुले आंकलन गरेभन्दा निकै धेरै हो। अमेरिकीहरुले आफ्नो जीवनै पहिलोपटक देशको रोजगारी बजार कठोर स्थिति सामना गरिरहेका छन्।

यसलाई श्रम बजारमा देखिएको टेक्टोनिक्ट सिफ्ट रुपमा पनि ब्याख्या गरिएको छ। कम्पनीहरुले रोजगारीको ढोका निरन्तर बन्द गरेका छन् र श्रमिकहरुको संख्या पनि कटौती गरिरहेका छन्। रोजगार गुम्ने र नपाउने समस्या विकराल बनेपछि श्रमिकहरुसँग सरकार गुहार्ने बाहेक अरु विकल्प छैन।

\कोरोना संक्रमणका कारण अर्थतन्त्र र जनजीवनमा खराब प्रभाव परेपछि स्थितिलाई सामान्य बनाउन राष्ट्रपति ट्रम्पले गत सातामात्रै २६ नील ४० खर्ब ९२.२ ट्रिलियन अमेरिकी डलर० बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका थिए। अर्थशास्त्रीहरुले ट्रम्प प्रशासनलाई दोस्रो चरणको आर्थिक सहायता प्याकेज ल्याउन सुझाएका छन्। राज्य र स्थानीय बजेटको चुहावट रोक्न र ऋणपत्र खरिद गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन्।

सम्बन्धित् समाचार