गृहपृष्ठ Featured लकडाउनको समयमा बाणगंगाका नेकपा नेता थारुद्वारा सार्वजनिक जग्गामा कब्जा, टेर्दैनन् कसैलाई

लकडाउनको समयमा बाणगंगाका नेकपा नेता थारुद्वारा सार्वजनिक जग्गामा कब्जा, टेर्दैनन् कसैलाई

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ३ का नेकपा प्रदेश नेता सुकै थारुले राजनैतिक पहुँचका आधारमा सार्वजनिक जग्गा हडपेको पाइएको छ । वडा नः ३ गंगोलिया बस्ने नेकपाका प्रदेश कमिटि सदस्य सुकै थारुले गंगोलियादेखि राजापानी जाने बिच बाटोको बबनी खोला बाटोको उत्तरमा खोला र बाटोको जग्गा (सार्वजनिक जग्गा) मिचेर घर बनाउन थालेका हुन् । वडा नः ३ मा रहेको कोटीया प्रावि गंगौलिवाका नाममा स्थानीयले करिव २ दशकदेखि संरक्षण गर्दै आएका थिए । त्यसअघि उक्त क्षेत्रमा कुटी रहेको र त्यसमा साधु बस्दै आएका थिए ।

यसै बर्षको शिवरात्रीका समयमा सानो झुपडी बनाएर आफनी श्रीमतिले ब्यवसाय गर्ने बताएकाले स्थानियले सहमति जनाएर उक्त क्षेत्रमा टहरा बनाउन थालेका थिए । त्यसपछि लकडाउनकै समयमै उनले रातारात उक्त टहरामा टिन लगाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । गाउँका बड्घर खिमानन्द पाण्डेले यस बिषयमा यसरी सार्वजनिक जग्गामा भौतिक संरचना बनाउन नमिल्ने भन्दै आग्रह गरेकोमा उनले वास्ता नगरेको बताए ।

यस बिषयमा वडा नः ३ का जनप्रतिनिधि मध्ये कुल बहादुर सोमैलाई बुझदा“कोटीहवा प्राविका प्रध्यानाध्यापक कृष्ण खनाल, म आफैँ र टोल बिकास समितिका अध्यक्षहरु गएर यसो नगर्नू भन्यौँ तर उनले मलाई थारु समाजले बनाउन भनेकाले बनाएको ” बताए । गाउँको भेला गरेर मात्र बनाउनु होला भनेर सम्झाएर आयौँ तर थारुले नमानी अटेर गरेर टिन समेत लगाइ सकेको उनले वैखरी अनलाइनलाई बताए । त्यस्तै सुकै थारुले यसरी गाउँटोलको सहमति बिना सार्वजनिक जग्गामा भौतिक संरचना नबनाउन आग्रह गरे तापनि अटेर गरेको कोटीहवा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपालमणि ज्ञवालीले बताए ।


उक्त क्षेत्रमा बाटो बिस्तार गर्नु परे टहरा भत्काउन पर्ने भएकाले पहिलेनै थारुलाई हामीले यस बिषयमा सचेत गराएको अध्यक्ष ज्ञवालीले बताए । उता सुकै थारुले भने कसैले भने तापनि सुने पनि नसुनेझै टार्दै आएका छन । सडक बिस्तार गर्दा बिद्यालयको जग्गा जाने हुदा यसरी टहरा नबनाउन आग्रह गरे पनि नटेरेकोले सरोकारवाला सबैले यस बिषयमा ध्यान दिन आवश्यक भएको बिद्यालयका प्रअ कृष्ण खनालले बताए ।

राजनितिकि पहुचको आडमा उनले आफनै छोरा दुर्घटनामा पर्दा उपचारका लागि मन्त्रीपरिषदको निर्णयबाट नै ५ लाख रकम सम्म लने हैसियत राखेका छन् । उनले बाणगंगा नगरपालिकाको वडा नः १०बनकट्टीमा समेत १० कठ्ठा सार्वजनिक जग्गा चर्चिदै आएका छन । यस बिषयमा सुकै थारुलाई बुझदा यहाँ कसैको जग्गा नम्बरी नरहेको र आफूले ३ साल पहिला नै ३० टाली माटो खसालेर होँचो भागलाई उच्च बनाएका बताउदै आवश्यक परे उक्त जग्गा जुकसुकै समयमा पनि फिर्ता गर्न तयार रहेको बताए ।

लकडाउनको समयमा जनप्रतिनिधि तथा नेताहरूले जनतालाई राहत दिनुपर्नेमा सार्वजनिक जग्गामा कब्जा गर्ने काम गरेका छन् जुन अवाञ्छनीय रहेको छ ।

सम्बन्धित् समाचार