लक डाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालय कपिलवस्तुले एच.आई.भि. संक्रमित र क्षयरोगीका बिरामीलाई घरघरमै औषधी पुर्याउने गरेको छ । लक डाउनले मारमा परे पछि एच.आई.भि. संक्रमित र क्षयरोगीका बिरामीलाई औषधी सेवाबाट बंचित नहुन घरघरमै औषधी पु¥याईएको हो ।
स्वास्थ्यकर्मीका अनुसार एच.आई.भि. संक्रमितले एआरभि नामक र क्षयरोगीले एच.आर.जेड.ई. तथा एचआर नामक औषधी नियमित सेवन गर्नुपर्छ । एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधी हो । यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ । यस्तै क्षयरोगीले ६ महिना सम्म नियमित औषधी सेवन गर्नु पर्छ । दुबै नियमित सेवन गर्ने औषधी हो ।
लकडाउनका कारण यातायातका साधन ठप्प भएपछि संक्रमित र क्षयरोगी औषधी लिन स्वास्थ्य संस्थामा पुग्न नसके पछि आफुहरु घर -घरमै औषधी पुर्याउने ब्यवस्था गरेको स्वास्थय कार्यालयका अधिकृत महोम्मद ईरफानले बताए । कमजोरलाई नै कोरोनाले प्रभावित पार्ने भएकाले आफुहरुले उनीहरुको सहजतका लागि यो कदम चालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
लकडाउनले स्वास्थ्य संस्थामा जान अप्ठ्यारो परेका बेला घर मै औाषधी पाए पछि संक्रमित र क्षयरोगीहरु निकै खुसी भएका छन् । कपिलवस्तुमा ४ सय ४४ जनाले एआरभि र साढे ६ सय जनाले क्षयरोगको औषधी खाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।