गृहपृष्ठ अर्थ/वाणिज्य महाराजगंजमा राहत वितरण गर्ने क्रममा विवाद : आफ्ना नातेदार र कार्यकर्तालाई मात्र राहत दिईयो,चर्पीमा सरसफाई समेत भएन्

महाराजगंजमा राहत वितरण गर्ने क्रममा विवाद : आफ्ना नातेदार र कार्यकर्तालाई मात्र राहत दिईयो,चर्पीमा सरसफाई समेत भएन्

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा न. ७ कुशहवा मा राहत वितरण गर्ने क्रममा विवाद भएपछि स्थानीयहरु आन्दोलित भएका छन् । वडा न। ७ कुशहवाका वडाध्यक्ष अब्दुल समद मुसलमान र वडा सदस्यहरु मिलेर आफ्ना नातेदार , आफ्ना कार्याकर्तालाई राहत दिएर गरिब परिवारलाई राहत नदिएकाले स्थानीय जनताहरु आन्दोलित भएका हुन् ।

सरकारले निति र निर्देशनलाई ख्याल नगरी राहत वितरण काम अधि बढाउदां गरिव परिवार मारमा परेका छन् । वडा कार्यालयका सचिव राकेश चौवे लामो समय देखि कुशहवमा कार्यरत रहेका छन ।

वडाका उपविजेता रहेका बुद्धिसागर शुक्लासंग कुरा गर्दै उहाँले भन्नुभयो “राहतमा जुन सामाग्री वितरण भएको छ त्यो गुणस्तरीय युक्त रहेको छैन् । अनि सामाग्रीको मुल्य बढी रहेको छ । जब सम्म अति गरिब सम्म राहत पुग्दैन र सर्वदलीय बैठकबाट राहत वितरण गर्ने व्यक्ति हरुको सुची सार्वजनिक गर्नुपर्छ । अनि आन्दोलन र वडा कार्यालयबाट ताला खुल्छ । ”

वडा नं .७ कुशहवाको चर्पी परालले भरीएको छ । चर्पीमा सरसफाई समेत भएको छैन् ।

सम्बन्धित् समाचार