गृहपृष्ठ खबर भैरहवामा कोरोना परीक्षण ल्याब सञ्चालनमा आएन,अझै केही दिन लाग्ने

भैरहवामा कोरोना परीक्षण ल्याब सञ्चालनमा आएन,अझै केही दिन लाग्ने

प्रकाशित मिति:

भैरहवामा कोरोना परीक्षण ल्याव सञ्चालन हुन सकेको छैन। प्रदेश ५ बाहेकका अन्य सबै प्रदेशमा कोरोना परीक्षण ल्याब सञ्चालनमा आइसके तर भैरहवामा भने परीक्षणको काम सुरु हुन केही समय लाग्ने देखिन्छ। सामाजिक विकास मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिने जानकारी गराए तापनि भौतिक पूर्वाधारको मर्मतसम्भार नसकिएकाले अझैं केही दिन लाग्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले अन्य प्रदेशमा जस्तो प्रदेश ५ मा पुरानै भौतिक संरचना तयार नरहेकाले ल्याब सञ्चालनमा ढिलाई भएको बताए। उनले भैरहवास्थित खाद्य तथा गुणस्तर मापन कार्यालयमा ल्याब सञ्चालनका भौतिक पूर्वाधारको सम्भार सकिएलगत्तै ‘डिसइन्फेक्ट’ गरेर परीक्षण सञ्चालनमा ल्याउने जानकारी दिए। ल्यावका निमित्त निर्देशक डा. राजेन्द्र गिरीले दुईरतीन दिनमा परीक्षणका पूर्वतयारीका सबै काम सकिने जानकारी दिए। उनका अनुसार सरकारी कार्यालयको भवन मर्मत गर्न समय लागेकाले केही ढिलाई हुन गएको हो। डा. गिरीले आइतबार या सोमबारसम्ममा परीक्षण गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिए। ‘कोभिड–१९ लाई मात्रै लक्षित यो ल्याब बनाइएको होइन। त्यसपछि पनि दिर्घकालीन रुपमा अन्य रोगको समेत परीक्षण होस् भनेर निर्माण गर्न लागेका छौं। काम अन्तिम चरणमा पुगेको छ’ डा। गिरीले भने,‘आन्तरिक पूर्वाधार मोडिफिकेसनको लागि समय लागेको हो।’ प्रदेश सरकारले चैत १० गते ल्याब बनाउने निर्णय गरेको भए पनि भैरहवामा सरकारी कार्यालयको निकैपछि मात्रै उपलब्ध भएकाले ल्याबको सञ्चालन केही दिन पछाडि धकेलिएको हो। हाल ल्याबको भवनमा टायल लगाउने काम भइरहेको छ। कोरोना परीक्षण गर्न संघीय सरकारले पठाएको उपकरण आइसकेका छन्। पोर्टेबल पिसीआर, रसायन रिएजेन्ट, अन्य ऐसेसिरिज, टेस्ट किट, बायोटेक्निक क्याविनेटलगायतका सामग्रीहरू आएका हुन्। त्यस्तै काठमाडौंदेखि आएका एकजना प्राविधिकबाहेक प्रदेश सरकारले परीक्षणको लागि दुईजना प्राविधिक खटाएको जनाएको छ।

सम्बन्धित् समाचार