कपिलवस्तु ,चैत्र २१ –विजयनगर
कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा करिब ४० घर गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपरह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।
आगो किन र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताउनुभयो । अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेकाे गाउँपालिका अध्यक्ष गाेपाल थापालेे जानकारी दिनुभयो ।अध्यक्ष थापाले तत्काल राहत स्वरुप खाना ,कपडा व्यावस्थापन गरि घरपनि बनाइने बताउनुभयाे ।
कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरै गाउँ खरानी भएपछि मात्र तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।