गृहपृष्ठ खबर सरकारले लकडाउनलाई थप कडाइ गर्ने,प्रदेश, जिल्ला र पालिकाबीचको आवतजावत बन्द

सरकारले लकडाउनलाई थप कडाइ गर्ने,प्रदेश, जिल्ला र पालिकाबीचको आवतजावत बन्द

प्रकाशित मिति:

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो । अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ ।

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा सङ्क्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउनेलाई तत्कालै कारबाही गर्ने निर्णय भएको छ ।

सम्बन्धित् समाचार