यस अघि विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नको लागि तीन फिटको दुरी आवश्यक रहेको भन्ने विश्व स्वास्थ्य संगठनको दाबीलाई वैज्ञानिकहरुले खण्डन गरेका छन् । विगतमा संगठनले कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन फिटको दुरी पनि पर्याप्त हुन्छ भनेको थियो । तर, अमेरिकाको एमआईटीका वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट त्यो कुरामा परिवर्तन ल्याउने पर्ने माग उठ्न थालेको छ ।
एमआईटीमा गरिएको अनुसन्धानपछि एउटा आश्चर्यजनक नतिजा बाहिर आएको छ । वैज्ञानिकहरु भन्छन्(‘केवल केही फिटको दुरी राख्नाले संक्रमणबाट बच्न सकिनेछैन ।’वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका छन् । यो कुरा अमेरिकन मेडिकल एसोसिएसनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ ।
कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनुपर्ने भएको छ । अब १-२ फिट होइन, कम्तीमा २७ फिट ९करिब आठ मिटर० को सामाजिक दुरी बनाउनुपर्ने भएको छ ।यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिको ड्रपलेट ९हाछयुँ अथवा खोकीका मा उपस्थित भाइरसले २७ फिटको दुरी तय गर्नसक्छ ।
अर्थात्, यदि कुनै संक्रमित व्यक्ति तपाईंभन्दा २६ फिटको दुरीमा छ । उसले हाछयुँ गरिरहेको छ भने उसले निकालेको सिँगानको थोपा तपाईंसम्म आइपुग्नेछ र तपाईं पनि संक्रमणको चपेटामा पर्न सक्नुहुनेछ ।
यो खुलाशा अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ९एमआईटी० का वैज्ञानिकहरुले गरेका हुन् । एसोसिएट प्रोफेसर लिडिया बारुइबाले यो विषयमा अनुसन्धान गरेका हुन् । उनले ड्रपलेट अर्थात् हाछयुँ अथवा खोक्दा निस्कने छिट्टाको गतिमा अध्ययन गरेका हुन् । न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार प्रोफेसरले अनुसन्धानमा के पाए भने ड्रपलेटमा उपस्थित सबै प्रकारका आकार भएका कणहरु २३ देखि २७ फिटको दुरी तय गर्नसक्छन् ।
यति मात्र होइन, हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उक्त अध्ययनलाई अमेरिकन मेडिकल एसोसिएसनको प्रतिष्ठित जर्नलमा प्रकाशित गरिएको छ । प्रोफेसरले सामाजिक दुरीका पुराना नियमहरुलाई प्रभावहीन बताएका हुन् । प्रोफेसर बारुइबाले सामाजिक दुरीको पुरानो मोडललाई प्रभावहीन बताएका हुन् । बारुइबाका अनुसार यो मोडल १९३० को दशकमा आधारित छ । त्यो बेला सामाजिक दुरीका लागि छ फिटको दुरी पर्याप्त थियो। तर, आजको समयमा छ फिटको दुरीको कुनै फाइदा छैन ।
अनुसन्धानमार्फत् बारुइबाले चेतावनी समेत दिएका छन् । उनले भनेका छन्(ड्रपलेट ९छिट्टाहरु०हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्नसक्छ । यसका स-साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भइरहन्छन् । उनका अनुसार यदि सामाजिक दुरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन ।