गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोना भाइरसबाट बच्न तीन फिटको दुरी पर्याप्त नरहेको वैज्ञानिकको दाबी

कोरोना भाइरसबाट बच्न तीन फिटको दुरी पर्याप्त नरहेको वैज्ञानिकको दाबी

यस अघि विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नको लागि तीन फिटको दुरी आवश्यक रहेको भन्ने विश्व स्वास्थ्य संगठनको दाबीलाई वैज्ञानिकहरुले खण्‍डन गरेका छन् । विगतमा स‌ंगठनले कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन फिटको दुरी पनि पर्याप्त हुन्छ भनेको थियो । तर, अमेरिकाको एमआईटीका वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट त्यो कुरामा परिवर्तन ल्याउने पर्ने माग उठ्न थालेको छ ।

एमआईटीमा गरिएको अनुसन्धानपछि एउटा आश्चर्यजनक नतिजा बाहिर आएको छ । वैज्ञानिकहरु भन्छन्(‘केवल केही फिटको दुरी राख्नाले संक्रमणबाट बच्न सकिनेछैन ।’वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका छन् । यो कुरा अमेरिकन मेडिकल एसोसिएसनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ ।

कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनुपर्ने भएको छ । अब १-२ फिट होइन, कम्तीमा २७ फिट ९करिब आठ मिटर० को सामाजिक दुरी बनाउनुपर्ने भएको छ ।यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिको ड्रपलेट ९हाछयुँ अथवा खोकीका मा उपस्थित भाइरसले २७ फिटको दुरी तय गर्नसक्छ ।

अर्थात्, यदि कुनै संक्रमित व्यक्ति तपाईंभन्दा २६ फिटको दुरीमा छ । उसले हाछयुँ गरिरहेको छ भने उसले निकालेको सिँगानको थोपा तपाईंसम्म आइपुग्नेछ र तपाईं पनि संक्रमणको चपेटामा पर्न सक्नुहुनेछ ।

यो खुलाशा अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ९एमआईटी० का वैज्ञानिकहरुले गरेका हुन् । एसोसिएट प्रोफेसर लिडिया बारुइबाले यो विषयमा अनुसन्धान गरेका हुन् । उनले ड्रपलेट अर्थात् हाछयुँ अथवा खोक्दा निस्कने छिट्टाको गतिमा अध्ययन गरेका हुन् । न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार प्रोफेसरले अनुसन्धानमा के पाए भने ड्रपलेटमा उपस्थित सबै प्रकारका आकार भएका कणहरु २३ देखि २७ फिटको दुरी तय गर्नसक्छन् ।

यति मात्र होइन, हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उक्त अध्ययनलाई अमेरिकन मेडिकल एसोसिएसनको प्रतिष्ठित जर्नलमा प्रकाशित गरिएको छ । प्रोफेसरले सामाजिक दुरीका पुराना नियमहरुलाई प्रभावहीन बताएका हुन् । प्रोफेसर बारुइबाले सामाजिक दुरीको पुरानो मोडललाई प्रभावहीन बताएका हुन् । बारुइबाका अनुसार यो मोडल १९३० को दशकमा आधारित छ । त्यो बेला सामाजिक दुरीका लागि छ फिटको दुरी पर्याप्त थियो। तर, आजको समयमा छ फिटको दुरीको कुनै फाइदा छैन ।

 

अनुसन्धानमार्फत् बारुइबाले चेतावनी समेत दिएका छन् । उनले भनेका छन्(ड्रपलेट ९छिट्टाहरु०हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्नसक्छ । यसका स-साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भइरहन्छन् । उनका अनुसार यदि सामाजिक दुरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन ।

सम्बन्धित् समाचार