गृहपृष्ठ खबर २१ दिनसम्म क्‍वारेन्टाइन बस्‍नुपर्ने सुदूरपश्‍चिमका मुख्यमन्त्री भट्टको सबैमा आग्रह

२१ दिनसम्म क्‍वारेन्टाइन बस्‍नुपर्ने सुदूरपश्‍चिमका मुख्यमन्त्री भट्टको सबैमा आग्रह

प्रकाशित मिति:

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतसहित विदेशबाट आएका नागरिकलाई २१ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरेका छन्। मुख्यमन्त्री भट्टले आइतवार प्रदेशबासीलाई सम्बोधन गर्दै कोभिड-१९ फैलिन नदिन विदेशबाट आएका र उनीहरुसँग सम्पर्कमा पुगेका नागरिकलाई २१ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरेका हुन्। कोरोना रोकथाम गर्न देशमा लकडाउन गरिएकोले त्यसको पालना गर्दै आफू, परिवार र समाजलाई सुरक्षित राख्‍न उनले यस्तो आग्रह गरेका हुन्।

प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगिसकेको बेला पहिलो पटक प्रदेशबासीलाई सम्बोधन गरेका हुन्। तर उनले सम्बोधनमा विशेष कुनै योजना प्रदेशबासीलाई सुनाएनन्। सम्बोधनका क्रममा मुख्यमन्त्रीले कोरोना भाइरस संक्रमण रोकथाम, परिक्षण तथा उपचारको व्यवस्थापनका लागि स्थानीय तह र संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको, बताए। उनले विदेशबाट आएकालाई क्‍वारेन्टाइन बनाइएको बताउँदै रोकथामका लागि ४० करोडको राहत कोष स्थापना गरिएको स्मरण गराए।

प्रदेशका तीन ठाउँमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको बताएका उनले महामारीका रोकथाम तथा नियन्त्रणका लागि ठोस योजना नल्याएपछि आलोचना सुरु भएको छ।

सम्बन्धित् समाचार