गृहपृष्ठ अर्थ/वाणिज्य एन.आई.सी. एशिया बैंकद्धारा कञ्चन र गैडहवाका विपन्नलाई राहत,आहातमा राहत बनेपछि बैंक भयो ‘बैंक पनि साथी पनि’

एन.आई.सी. एशिया बैंकद्धारा कञ्चन र गैडहवाका विपन्नलाई राहत,आहातमा राहत बनेपछि बैंक भयो ‘बैंक पनि साथी पनि’

प्रकाशित मिति:

एन.आई.सी.एसिया बैंक रुद्रपुर शाखाले कञ्चन र गैडहवाका बिपन्न घरपरिवारलाई राहत बितरण गरेको छ ।नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बिश्वभर फैलिरहेको र यसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन भइरहेको अवस्थामा दैनिक जिवन संचाल गर्न गाह्रो भएका गैडहवा र कञ्चनका बिपन्न घरपरिवारलाई एन.आई.सी एशिया बैंकले राहत बितरण गरेको हो ।

महामारी रोगको बिश्वभर संक्रमण फैलिरहेको अवस्थामा आफ्ना ग्राहकहरुको घर घरमा गई राहत बितरण गर्न आएपछि स्थानियहरुले बास्तबै बैंक पनि साथी पनि भएको महसुस गरेका छन । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लकडाउनका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न अप्ठ्यारोमा परेका बैंकले आफ्नो कार्यक्षेत्र अन्र्तगतको गैडहवा र कञ्चन गाउपालिकाका बिपन्न घरपरिवारलाई १ लाख ५० हजार बराबरको खाध्यान्न बितरण गरिएको थियो ।

बिपन्न घरपरिवारलाई राहत बितरण कार्यक्रममा गैडहवा गाउपालिकाका अध्यक्ष बच्छु केवटले बिषम परिस्थितीमा एन.आई.सी.बैंकले गैडहवाको बिपन्न घरपरिवारलाई राहत स्वरुप खाध्यान्न उपलब्ध गराएकोमा एन.आई.सी.एशिया बैंकलाई धन्यबाद दिदै बिपदको बेला बैंकले बास्तबमै बैंक पनि साथी पनि भएको अनुभुती गराएको बताउनु भएको छ । बैंकले आफ्नो कारोबार नाफासंग मात्र नजोडी स्थानियहरुसंगको सम्बन्धलाई आत्मियतासंग जोड्न सके बैंकले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताउनु भएको छ । आफ्नो पालिकाकमा बिदेश तथा अन्य पालिकाबाट अनधिकृत रुपमा आउने जोसुकैलाई सुरक्षाकर्मीहरुको सहयोगमा अस्थाई क्वारेन्टाइनमा लगेर राखिने बताउदै अध्यक्ष केवटले यतिबेला आफन्तको मायालाई भन्दा पनि आफ्नो जीवनको सुरक्षालाई बढी प्राथमिकता दिएर बिदेश तथा अन्य पालिकाहरुवाट आउने आफन्तलाई कुनैपनि हालतमा घरमा नराख्न र यदि कोही आफन्त आएको अवस्थामा घरमै आउन नदिई बाटैबाट क्वारेन्टाइनमा गई बस्न लगाउन समेत आग्रह गर्नु भएको छ ।

महामारीको रुपमा कोरोना भाइरसले बिश्वलाईनै आतंकित बनाइरहेको दैबि प्रकोपको बेला एन.आईसी.बैकले बिपन्न परिवारहरुलाई राहत प्रदान गरेर गैडहवावासीमा बैंक साथी मात्र नभई राम्रो पनि हाम्रो पनि बैंक भएको प्रमाणित गरेर देखाएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिञ्जीवी घिमिरेले बताउनु भएको छ । महामारी रोग कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन गैडहवावासीले सकेसम्म आफ्नै घरमा बसी सुरक्षित हुन आग्रह गर्दै प्रमुख प्रशासकिय अधिकृत घिमिरेले यदि घरमै बस्न नसकिने हो भने पालिकाले बनाएको अस्थाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नु भएको छ ।

कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिश्वभर कोरोनाको संक्रमणले आक्रान्त बनाइरहेको समयमा आम कञ्चनवासीको नजिकको साथी बनेर कञ्चनका बिपन्न परिवारलाई प्रदान गरिएको सहयोगले ठूलो राहत पुग्ने बिश्वास गर्नु भएको छ । यतिबेला कञ्चन मात्र नभई सिंगो देश नै कोरोना जस्तो महामारी रोगको संक्रमणबाट सुरक्षित हुन नेपाल सरकाले घोषण गरेको लकडाउनले बिशेष गरी बिपन्न घरपरिवारलाई निकै नै आहात बनाएको छ ।यस्तो बिषम परिस्थितीको आहतमा गाउपालिका एक्लैले राहतको ब्यबस्थापन गर्न नसक्ने भएकोले आम कञ्चनवासीलाई सहयोग गर्न समेत आग्रह गर्दै एन.आई.सी.एशिया बैंकले उपलब्ध गराएको राहत सहयोगको लागि कञ्चन गाउपालिका महत्वपुर्ण योग्दानको रुपमा सम्झिने बताउनु भएको छ ।

यसैगरी राहत बितरणमा सहभागी बिपन्न घरपरिवारराई बिश्वभर संकट छ यो संकटमा सबैले धैर्यता अपनाउनु पर्छ भन्दै सकेसम्म घरमा खाध्यान्न नभई घरको चुल्हो बल्नै समस्या परेको घरपरिवारलाई पहिलो प्राथमिकतामा राखी राहत बितरण गर्नु सबैभन्दा बुद्धीमानी हुने एन.आई.सी.एशिया बैंकका प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्कीले बताउनु भएको छ । हामी ब्यबसायिक नाफालाई भन्दा सेवमुखी ब्यबसायलाई जोड दिदै आईरहेको बैंक भएकोले ग्रामिण क्षेत्रमा संचालन गरिएका एन.आई.सी. बैंकको शाखा मध्ये रुद्रपुरको शाखाले ग्राहकहरुको नजिकको साथी बनेर आफ्नो ब्यबसायिक कारोबार गर्दै आइरहेको प्रदेश ५ शाखा प्रमुख कार्कीले बताउनु भएको छ ।कार्कीले ग्राहकहरुलाई हरेक बिषम परिस्थितीमा पनि साथी बनेर काम गरेकै हुनाले हरेक ग्राहकको मनमा बैंक राम्रो पनि,हाम्रो पनि बन्न सफल भएको उल्लेख गर्नु भएको थियो ।

राहत बितरण कार्यक्रममा गैडहवाका उपाध्यक्ष,कार्यपालिका सदस्य,वडा अध्यक्ष,स्थानिय अगुवाहरुको सहभागिता रहेको थियो भने एन.आई.सी.एशिया बैंकको तर्फबाट रुद्रप्र शाखाका शाखा प्रमुख हरिपौडेल र देबिनगर शाखाका शाखा प्रमुख बिनोद पोख्रेलले बैंकबाट उपलब्ध गराइएको राहत गैडहवा गाउपालिकाका अध्यक्ष बच्छु केवट र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेलाई हस्स्तान्तरण गर्नु भएको थियो । कञ्चन गाउपालिकामा बैंकका तर्फबाट एन.आई.सी.एशिया बैंक प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्की शाखा प्रमुख हरि पौडेल,कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री लगायतको नेतृत्वमा बिपन्न घरपरिवारलाई राहत बितरण गरिएको थियो ।

सम्बन्धित् समाचार