गृहपृष्ठ खबर क्वारेन्टाइन र राहत वितरण मापदण्ड परिमार्जन,५० हजार स्वयंसेवीका परिचालन गर्ने निर्णय

क्वारेन्टाइन र राहत वितरण मापदण्ड परिमार्जन,५० हजार स्वयंसेवीका परिचालन गर्ने निर्णय

प्रकाशित मिति:

सरकारले क्वारेन्टाइन र राहत वितरणको वर्तमान मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने, ुअहिले निर्धारण गरेको क्वारेन्टाइनमा मापदण्ड र राहत वितरणको मापदण्डलाई केही परिर्माजन गर्नुपर्ने देखिएकोले वर्कआउट गरेर परिमार्जन गरिने निर्णय गरिएको छ ।

यस्तै कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको निर्णय भएको उनले जानकारी दिए । विडारीका अनुसार देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था पनि गरिने उनले बताए ।

सचिव नारायण बिडारीले आजको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट्याईको बताए ।

उनका अनुसार कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार