गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तु नगरपालिकाद्धारा एक करोडको राहत कोष निर्माण, ५ हजार विपन्न परिवारलाई राहत दिने मेयर किरण सिंहको घोषणा

कपिलवस्तु नगरपालिकाद्धारा एक करोडको राहत कोष निर्माण, ५ हजार विपन्न परिवारलाई राहत दिने मेयर किरण सिंहको घोषणा

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिकाले एक करोडको विपद ब्यवस्थापन कोष खडा गरेको छ । कोरोनाका कारण सरकारले गरेको लकडाउन पछि प्रभावित भएका विपन्न परिवारलाई राहत प्रदान गर्न सो कोष खडा गरिएको हो । आईतवार नगरपालिको तौलिहवा स्थित कार्यालयमा बसेको नगरपालिको बोर्ड बैठकले सो कोष खडा गरेको हो । मेयर किरण सिंहले सो कोषबाट विपन्न पविारलाई राहत बाडनका लागि कार्यविधि समेत पारित गरेको बताए । नगरपालिकाको १२ वडाबाट ५ हजार गरिब बिपन्न पविारको तथ्यांक आएको छ । आएको तथ्यांकमा अध्यनय गरी दूई तीन दिन भित्रै राहत बितरण गरिने मेयर सिंहले बताए । उनले राहत कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न ब्यापारी, गैसस लगायतलाई अपील समेत गरेका छन ।

कोषमा मेयर सिंहले ३० हजार उप मेयर लक्ष्मी उास गुप्ताले ३० हजार वडा नम्।र १ वडा अधयक्ष सुदीप पौडेलले २५ हजार २ का वडा अध्यक्ष रामभजन कलवारले २५ हजार, ३ का वडा अध्यक्ष प्रकाश गैरेले २५ हजार ६ का वडा अध्यक्ष राम दिनेश यादवले २५ हजार, वडा नम्बर ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठीले ५ हजार दिने जनाएका छन । यस्तै वडा नम्बर ८ अध्यक्ष शिव कुमार पाण्डेयले १० हजार वडा नम्बर ९ का अध्यष शिव बहादुर बाग्लले २५ हजार वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले २५ हजार वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवले २५ हजार वडा नम्बर १२ का अध्यक्ष ओम प्रकाश पाण्डेयले २५ हजार दिने जनाएका छन । कार्यपालिका सदस्य सबिता घिमिरेबाट ५ हजार तथा नगरपालिकाका अधिकृत स्तरका कर्मचारीबाट ७ दिन, सहायक स्तरको ५ दिन, श्रेणीबिहीन कर्मचारीले ३ दिनको तलब राख्ने समते निर्णए भएको प्रमुख प्रशाकीय अधिकृत चिरंजीवी सापकोटाले बताए । राहत एकद्धार प्रणलीबाट बितरण गरिने, ६ सदस्यीय नगरस्तीय अनुगनम समिति र वार्डस्तीय कार्यदल समेत गठन गरिएको छ । प्रति परिवार १५ किलो चामल, ढेड किलो दाल, एक लिटर तेल, नुन एक प्याकेट साबुन २ वटा प्रदान गरिने समेत निर्णय भएको छ ।

 

सम्बन्धित् समाचार