गृहपृष्ठ अर्थ/वाणिज्य महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्ति

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्ति

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाउनुभएका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहु्न्थ्यो ।


अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित केन्द्रिय बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व अर्थ सचिव डा। राजन खनालको नाम सिफारिस गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवि नेपालले पाँच बर्षे कार्यकाल सम्पन्न गरी अवकास पाएसंगै गभर्नर पद रिक्त भएको थियो ।

सम्बन्धित् समाचार