कोरोना संक्रमणको परिक्षण तथा उपचारमा खटिने कर्मचारीलाई कपिलवस्तु नगरपालिकाले प्रोत्साहन स्वरुप थप ३५ प्रतिशत भत्ता दिने भएको छ । उपचारमा खटिएका कर्मचारीको उत्साह बढाउनका लागि नगरपालिकाले तलबको ३५ प्रतिशत भत्ता उपलबध गराउने भएको हो । नगरपालिकाको बोर्ड बैठकले सो निर्णय पारित गरी स्वास्थ्यकर्मीलाई ढुक्कसंग काम गर्न आग्रह गरिएको मेयर किरण सिंहले बताए । उनले अहिलको अवस्थामा सबै भन्दा जोखिम स्वास्थ्यर्मीलाई रहेको भन्दै उत्साह बढाउन सो निर्णय गरेको उनले बताए । साथै स्वास्थ्यकर्मीका लागि चाहिने स्वास्थय सामग्री समेत खरिदका लागि पठाई सकिएको उनले बताए ।

प्रति स्वास्थ्य चौकीलाई दुई थान पिपिई र २ थान ईन्फ्रानेट थर्मामिटर प्रदान गरिने छ । नगरपालिकामा ७ स्वास्थ्य चौकी, २ आधारभुत स्वास्थ्य केन्द्र र २ नगर स्वास्थ्य क्लिनिक रहेका छन् । कोरोनाको परिक्षण र उपचारमा नगरपालिका भित्र ३६ जना कर्मचारी खटिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । नगरपालिकाले स्वास्थ्य कर्मचारीका लागि निर्णयले उत्साह थपेको बताए । ५ वटा पिपई सेट र एउटा थर्मामिटर खरिद गरिएको उनले बताए । बाँकी सामान केही दिन भित्र आउने उनले बताए ।








