राष्ट्रिय युवा संघ कपिलवस्तुले गुगौलीका आगलागी पिडित परिवारलाई राहत वितरण गरेको छ । गत २१ गते शुक्रवार विजयनगर गाउँपालिकाको वडा नं. १ गुगौलीमा भिषण आगलागी हुँदा २५ घर र २४ गोठ जलेर नष्ट भएका थिए ।आज राष्ट्रिय युवा संघले आगलागी पिडित २५ घरपरिवालाई राहत स्वरुप प्रतिघरपरिवारलाई १ थान सिरक,१ थान सिरानी,१ थान तन्ना,१ थान कम्बल,र १ थान झुल वितरण गरेको छ ।

पिडितहरु खुल्ला आकाशमुनि बस्न वाध्य भएकोले उनीहरुको दैनिकिमा केहि भएपनि राहत हुने उद्देश्यले वितरण गरिएको केन्द्रिय सदस्य प्रेम चापागाईले बताउनुभयो ।
वितरण कार्याक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल ज्ञावालि,प्रेम चापागाई, जिल्ला संयोजक बिजय कुवर,सहसमयोजक कृष्ण कार्की, पुर्ब जिल्ला अधक्ष्य गणेश के सि, श्यम सुवेदी, कमल खत्री, बिष्णु हमाल,दिपेन्द्र खड्का , कबिराज अधिकारी लगायतको उपस्थितिमा गाउपालिका अध्यक्ष गोपाल थापा मार्फत उक्त राहत हस्तान्तरण गरिएको हो ।









