गृहपृष्ठ खबर कक्षा ११ र १२ को परीक्षा स्थगित,एसईई परीक्षा लकडाउन खुलेपछि मात्र हुने

कक्षा ११ र १२ को परीक्षा स्थगित,एसईई परीक्षा लकडाउन खुलेपछि मात्र हुने

प्रकाशित मिति:

कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड -१९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा ९एसईई० लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

बोर्डका सदस्य सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गनुभएको छ ।

सम्बन्धित् समाचार